Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपा पदाधिकारी निर्वाचन: १ हजार २८९ मत खस्यो, दुई तिहाइ प्रतिनिधिले गरेनन् मतदान


सारांश

रास्वपा पदाधिकारी निर्वाचन: १ हजार २८९ मत खस्यो, दुई तिहाइ प्रतिनिधिले गरेनन् मतदान
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा कुल १ हजार २८९ मत खसेको छ। यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ मत खसेको थियो। त्यसको तुलनामा पदाधिकारीतर्फ १ हजार ६७० मत कम परेको देखिएको छ।

प्रतिनिधिहरूमध्ये उल्लेख्य संख्या मतदान नगरी फर्किएपछि पदाधिकारी निर्वाचनमा मतदाताको सहभागिता अपेक्षाकृत घटेको जनाइएको छ।

निर्वाचन आयोगले मतगणनाको तयारी गरिरहेको छ भने आजै पदाधिकारी निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

गत असार ७ गतेदेखि चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन आज समापन गर्ने कार्यतालिका रहेको छ। यस निर्वाचनमार्फत पार्टीका ५ पदाधिकारी चयन हुनेछन्।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij