सारांश
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिनको म्याद स्वीकृत गरेको हो।
पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। यसअघि अदालतले असार ९ गते सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो।