Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै


सारांश

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
images

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा सुनुवाइ तय गरिएको हो। यसअघि असार ११ गते सर्वोच्चले विपक्षीसँग कारण माग्दै असार १६ का लागि पेसी तोकेको थियो।

उता विभागले अनुसन्धानका लागि विशेष अदालतबाट पटक–पटक म्याद लिँदै आएको छ। सोमबार विशेष अदालतले पौडेललाई दोस्रो पटक थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। यसअघि असार ९ गते सात दिनको म्याद दिइएको थियो।

पौडेल हिरासतमा परेपछि उनकी पत्नी दोमायाले असार १० गते गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij