Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

सन् २०२७ देखि भारतमा बुलेट ट्रेन सञ्चालनमा आउने


सारांश

सन् २०२७ देखि भारतमा बुलेट ट्रेन सञ्चालनमा आउने
images
एजेन्सी । भारतको पहिलो हाई–स्पीड बुलेट ट्रेनको पहिलो खण्ड सन् २०२७ मा सञ्चालनमा आउने भएको छ। भारतीय रेल मन्त्रालयका अनुसार सुरत–वापी खण्डबाट सेवा सुरु गर्ने तयारी भइरहेको हो।

भारतीय रेलवेका अतिरिक्त महानिर्देशक धर्मेन्द्र तिवारीले एएफपीसँग कुरा गर्दै ५०८ किलोमिटर लामो मुम्बई–अहमदाबाद हाई–स्पीड रेल करिडोर अन्तर्गत अधिकांश निर्माण कार्य पूरा भइसकेको बताए।

जापानको शिनकानसेन प्रविधिमा आधारित यस परियोजनाको शिलान्यास सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले गरेका थिए। सन् २०२३ मै सम्पन्न गर्ने लक्ष्य भए पनि जग्गा अधिग्रहण, लागत वृद्धि र प्राविधिक ढिलाइका कारण परियोजना पछाडि धकेलिएको हो।

भारत सरकारले यस परियोजनालाई देशको रेल आधुनिकीकरणको महत्वपूर्ण कोसेढुंगाका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij