Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डा. केसीले साउन ७ देखि फेरि अनशन सुरु गर्ने


सारांश

डा. केसीले साउन ७ देखि फेरि अनशन सुरु गर्ने
images

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले कुनै चासो नदेखाएको आरोप लगाउँदै साउन ७ गतेदेखि दार्चुलामा पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।

बुधबार जारी विज्ञप्तिमार्फत डा. केसीले सरकारले आफूले दिएका माग सम्बोधन गर्न कुनै पहल नगरेपछि बाध्य भएर सत्याग्रहमा बस्न लागेको बताएका हुन्। यसअघि उनले साउन ५ गतेसम्म माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए।

उनले सरकारले तोकिएको समयसीमाभित्र आफ्ना जायज मागप्रति पूर्ण बेवास्ता गरेको उल्लेख गर्दै जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्।

डा. केसीले सरकारको यही रवैयाका कारण आफू पुनः अनशनमा बस्न बाध्य भएको जनाउँदै त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन्।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij