सारांश
काठमाडौं । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ।
बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति गगन थापाले उक्त घोषणा गर्दै केही दिनभित्र बस्ने केन्द्रीय समिति बैठकबाट निर्णय अनुमोदन गराइने जानकारी दिए।
उनले वरिष्ठ नेता बनाउने निर्णय भइसकेको र त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको बताए।
हाल उपचाररत रहेका श्रेष्ठ अस्पतालमा रहेको उल्लेख गर्दै सभापति थापाले आफू अस्पतालमै पुगेर उनलाई वरिष्ठ नेता बनाउने प्रतिबद्धता व्यक्त गरेर आएको पनि बताए।