Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बाह्रखरी मिडियामा पाण्डे कार्यकारी सम्पादक र घिमिरे सीईओ नियुक्त


सारांश

बाह्रखरी मिडियामा पाण्डे कार्यकारी सम्पादक र घिमिरे सीईओ नियुक्त
images

काठमाडौं । बाह्रखरी मिडियाले संस्थागत नेतृत्वलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यसहित कार्यकारी सम्पादकमा बलराम पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सूर्य घिमिरेलाई नियुक्त गरेको छ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले संयुक्त रूपमा दुवै पदाधिकारीको नियुक्तिबारे जानकारी गराउँदै संस्थाको आगामी यात्रालाई अझ सशक्त, व्यावसायिक र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।

संस्थाको स्थापनाकालदेखि नै बाह्रखरीसँग आबद्ध रहेका पाण्डे र घिमिरेले पत्रकारिता, सम्पादकीय नेतृत्व तथा संस्थागत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनीहरूको अनुभव, कार्यसम्पादन र नेतृत्व क्षमताको कदर गर्दै नयाँ जिम्मेवारी प्रदान गरिएको बताइएको छ।

यसअघि पाण्डे समाचार सम्पादकका रूपमा कार्यरत थिए भने घिमिरे बाह्रखरी मिडियामा उपमहाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका थिए। संस्थाको विकास, समाचारको गुणस्तर अभिवृद्धि तथा डिजिटल पत्रकारिताको विस्तारमा उनीहरूको योगदानलाई मूल्याङ्कन गर्दै नयाँ जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका पाण्डेले नागरिक, कारोबारलगायत प्रतिष्ठित सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व सम्हालिसकेका छन्। त्यस्तै घिमिरेले नयाँ पत्रिका, नागरिक, कारोबारलगायत राष्ट्रिय सञ्चारमाध्यममा व्यवस्थापन र पत्रकारिताका विविध जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।

बाह्रखरी मिडियाले आन्तरिक नेतृत्व विकासलाई प्राथमिकता दिँदै अनुभवी र संस्थाप्रति प्रतिबद्ध जनशक्तिलाई नेतृत्वमा अघि सारेको यो निर्णयले संस्थाको दीर्घकालीन विकास, सम्पादकीय विश्वसनीयता र डिजिटल पत्रकारिताको विस्तारमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij