काठमाडौं । धनगढीमा आमरण सत्याग्रहरत डा. गोविन्द केसीसँग संवाद अघि बढाउन सरकारको वार्ता टोली विस्तार गरिएको छ। प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार बुद्ध एयरमार्फत धनगढी पुगेका छन्।