सारांश
काठमाडौं। भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निमन्त्रणा दिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिएका हुन्।
उनले भने, “नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकेका छौं।”
प्रधानमन्त्री नियुक्त भएयता शाहले हालसम्म कुनै पनि विदेश भ्रमण गरेका छैनन्। भारत भ्रमण उनको पहिलो औपचारिक विदेश भ्रमण हुन सक्ने अनुमान गरिएको छ।