Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राजु पाण्डेलाई सचिवालयको निर्देशन–प्रधानमन्त्रीको नाम लिएर लफडा नगर्नू


सारांश

राजु पाण्डेलाई सचिवालयको निर्देशन–प्रधानमन्त्रीको नाम लिएर लफडा नगर्नू
images
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले काठमाडौं–३ का रास्वपा सांसद राजु पाण्डेलाई प्रधानमन्त्रीको नाम जोडेर कुनै पनि विवादमा नपर्न सचेत गराएको छ।

स्रोतका अनुसार गोकर्ण वन क्षेत्रमा पर्खाल हटाउने क्रममा नेपाली सेनाका कप्तान अनुपमान श्रेष्ठसँग भएको भनिएको विवादपछि पाण्डेलाई बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको थियो। सचिवालयका सदस्यहरूले भविष्यमा प्रधानमन्त्रीको नाम लिएर कुनै विवादास्पद गतिविधिमा संलग्न नहुन निर्देशन दिएका छन्।

स्रोतले उक्त घटनाप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको जनाएको छ। साथै, सचिवालयकै सुझावअनुसार पाण्डेले सार्वजनिक स्पष्टीकरण जारी गरेका हुन्।

स्पष्टीकरणमा पाण्डेले भने पर्खाल हटाउने काम नेपाली सेनासँगको समन्वयमै गरिएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij