काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ चरणमा प्रवेश गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ दृष्टिकोण र घोषणापत्रसहित कम्युनिस्ट शक्तिको पुनर्गठन आवश्यक रहेको बताएका हुन्।