काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका छन्। उपचारका लागि सिंगापुर गएका देउवा त्यहाँबाट थप उपचारका लागि हङकङ पुगेका थिए। उनी हङकङबाटै नेपाल फर्किन लागेका हुन्।
नेता प्रकाशशरण महत का अनुसार देउवाको स्वदेश फर्किने कार्यक्रम साउन २६ गते बेलुकाका लागि तय भएको छ। उनले देउवा निर्धारित कार्यतालिकाअनुसार नेपाल आउने जानकारी प्राप्त भएको बताएका छन्।
यसअघि देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश फर्कने जानकारी गराएका थिए।
उता, देउवा पक्षले शशांक कोइराला को संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ। देउवाको स्वदेश फिर्ती यही भेलाको पूर्वसन्ध्यामा हुन लागेको हो। यद्यपि, उनी उक्त भेलामा प्रत्यक्ष सहभागी हुने वा नहुने विषयमा भने अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरिएको छैन।