Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल


सारांश

पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
images

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् ।

कांग्रेस काठमाडौँ महानगरपालिका–२६ वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताए । उनका अनुसार यसबारे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक निर्णय गर्नेछ ।

पछिल्लो समय कांग्रेसलाई कमजोर र अलमलमा पार्ने प्रयास भइरहेको भन्दै उनले नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरे । पार्टी एकताका लागि आफू महामन्त्री पद छाड्नसमेत तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij