Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेस विवादमा नयाँ ट्विस्ट: देउवा समूहको भेलामा शेखर पनि सहभागी हुने


सारांश

कांग्रेस विवादमा नयाँ ट्विस्ट: देउवा समूहको भेलामा शेखर पनि सहभागी हुने
images

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादबीच नेता डा. शेखर कोइराला पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको भेलामा सहभागी हुने भएका छन्।

गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। उक्त भेलामा नेता कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा यसअघि भएका विभिन्न बैठकमा सहभागी नभएका कोइराला भने राष्ट्रिय भेलामा पुगेर सम्बोधन गर्ने तयारीमा छन्। कांग्रेसको आन्तरिक विवादमा कोइरालाले पछिल्लो समय मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्।

भेला डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना हुँदैछ। कार्यक्रममा पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने तय भएको छ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij