सारांश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार ७ वटा विभागहरु गठन गरेर संयोजक तोकेको छ । आज बसेको केन्द्रीय समिति वैठकले विभागका संयोजकहरु चयन गरेको हो ।
रास्वपाले संगठन विभागको नेतृत्व प्रमोद न्यौपानेले पाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्रमन्त्री शिशिर खनाललाई बनाइएको छ ।
यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो व्यस्थापन विभाग विजय जैरु, जनस्वास्थ्य विभाग डा. तोसिमा कार्की र पूर्वाधार विभाग निशा डाँगीले नेतृत्व गर्नेछन् । अर्थ विभागमा लिमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उपप्रमुख बनाइएको छ ।
बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय समितिमा ९ जनालाई मनोनयन गरेको छ ।
यसैगरी पूर्वमहामन्त्री भूपदेव शाहलाई पनि मनोनीत केन्द्रीय सदस्य बनाइएको छ । मनोनीत हुने अन्यमा पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र भक्तबहादुर राई छन् ।
बैठकले यी १३ सचिवालय सदस्य थप गरेको छ ।
गणेश पराजुली
शिशिर खनाल
विराजभक्त श्रेष्ठ
पुरुषोतम सुप्रभात यादव
डा. मनोहर प्रधान
कविन्द्र बुर्लाकोटी
जगदीश खरेल (ललितपुर)
लिमा अधिकारी आचार्य
दिपकराज बोहरा
समिक्षा बास्कोटा
शिव नेपाली
इन्दिरा राना मगर
मनिष झा