Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भोटेकोशी विपद्पछि प्रधानमन्त्री बालेन स्वयं राष्ट्रसंघ महासभामा जाने, असोज ८ गते सम्बोधन गर्ने


सारांश

भोटेकोशी विपद्पछि प्रधानमन्त्री बालेन स्वयं राष्ट्रसंघ महासभामा जाने,  असोज ८ गते सम्बोधन  गर्ने
images

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने भएका छन्। नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले महासभाका वक्ताहरूको कार्यतालिका संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि उक्त मिति तय गरेको हो।

न्यूयोर्कस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयमार्फत पठाएको संशोधित कार्यक्रम प्रधानमन्त्री सचिवालयमा पुगेपछि प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार न्यूयोर्कस्थित नेपाली नियोगबाट प्रधानमन्त्री शाहको सम्बोधन सेप्टेम्बर २४ का लागि तय भएको औपचारिक जानकारी प्राप्त भएको छ। उक्त जानकारी मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजना हुने ८१औँ महासभामा हालसम्म ११८ देशका प्रतिनिधि सम्बोधनका लागि सूचीकृत भइसकेका छन्। महासभामा अधिकांश देशबाट राष्ट्रप्रमुख, सरकारप्रमुख वा परराष्ट्रमन्त्री सहभागी भएर सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

यसअघि प्रधानमन्त्री शाहको सट्टा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सम्बोधन गर्ने तयारी भइरहेको थियो। तर भोटेकोशी विपद्पछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर सम्बोधन गर्ने तयारी अघि बढाइएको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री सचिवालयका अधिकारीहरूले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij