Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरबदल, सर्‍यो वडा अधिवेशन


सारांश

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरबदल, सर्‍यो वडा अधिवेशन
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ गतेदेखि सुरु नहुने भएको छ। पार्टीभित्र देखिएको विवाद समाधान गर्दै सहमतिको वातावरण बनाउन भन्दै वडा अधिवेशनको मिति सार्ने निर्णय गरिएको हो।

नयाँ तालिकाअनुसार, पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्मको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राखेर प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति तय गरिएको छ ।

परिमार्जित कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते गर्ने गरी निर्धारण गरिएको छ ।

गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते एवं प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका छ ।

केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बताए ।

बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा खटिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय निकायको समन्वयमा अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, विदेशस्थित बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू असोज १० गतेभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij