Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुनी व्यवस्था ल्याउने तयारी


सारांश

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुनी व्यवस्था ल्याउने तयारी
images

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या तथा गलत र भ्रामक सूचना नियन्त्रण गर्न सरकार कानुनी तथा नीतिगत सुधारको तयारीमा रहेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक कदम चालिने बताए।

मन्त्री तिमिल्सिनाका अनुसार आमसञ्चार, प्रेस काउन्सिललगायत विधेयक तर्जुमा भइरहेको छ। सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानुनी व्यवस्था गर्ने तयारीसमेत भइरहेको उनले बताए।

साइबर ठगी नियन्त्रणका लागि सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र नेपाल दूरसञ्चार प्राधिकरणबीच समन्वय भइरहेको उनले जानकारी दिए। अनलाइन बेटिङ नियन्त्रणतर्फ हालसम्म ३ लाख ५ हजारभन्दा बढी युनिक बेटिङ साइट तथा एप बन्द गरिएको पनि उनले बताए।

फेक अकाउन्टमार्फत चरित्र हत्या, झुटा सूचना र व्यक्तिगत गोपनीयतामाथि हुने हस्तक्षेपलाई कानुनी दायरामा ल्याउने सरकारको नीति रहेको उनले स्पष्ट पारे। बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन विभिन्न देशका उमेरगत प्रतिबन्ध र नियामकीय अभ्यास अध्ययन गरी नेपालमा आवश्यक व्यवस्था गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij