सारांश
काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ।
संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले समानान्तर रूपमा आफ्नो अधिवेशन गर्न लागेको हो।
देउवा पक्षले मङ्सिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। यसअघि असोज २० गते पालिका र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी छ।
वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक र ७७ जिल्लामा निर्वाचन अधिकृत खटाइएको नेता किरणराज पौडेलले जानकारी दिए।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको छ।