Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

एमालेमा ओलीको आलोचना गर्नेलाई कारबाही


सारांश

एमालेमा ओलीको आलोचना गर्नेलाई कारबाही
images

काठमाडौं । नेकपा एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने नेता–कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ।

असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा यस्तो उल्लेख गरिएको हो।

अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको निर्देशनमा पार्टीको नीति र नेतृत्वको आलोचना, विरोध वा अपमान गर्ने, गुटबन्दी गर्ने तथा अनुशासनविपरीत गतिविधि गर्नेलाई स्पष्टीकरण सोधेर कारबाही गर्ने भनिएको छ।

यस्ता गतिविधिमाथि कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने निर्णयसमेत गरेको एमालेले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij