सारांश
काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्षसँगै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
बैठकले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी एमालेको छ।
यस्तै, अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा स्थानीय कमिटीले अध्यक्ष चयन गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउने निर्णय भएको भट्टले बताए।