Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

उत्तर कोरियाद्वारा दुई क्रुज क्षेप्यास्त्र परीक्षण


सारांश

उत्तर कोरियाद्वारा दुई क्रुज क्षेप्यास्त्र परीक्षण
images

एजेन्सी। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको समयमा उत्तर कोरियाले दुई रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा गरिएको पाँच वर्षयताकै सबैभन्दा ठूलो भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

सोमबार बिहानै उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरूको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिएलगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij