-कलाकार संघमा अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गर्नुभयो, कस्तो हुँदैछ तयारी?
= म विगत ८ वर्ष देखि कलाकार संघमा पहिलो कार्यकाल उपाध्यक्ष र दोश्रो कार्यकाल वरिष्ठ उपाध्यक्षको रुपमा रहेर काम गरे । तसर्थ अध्यक्ष पदमा मेरो दाबी हुनु स्वाभाविक हो। रह्यो कुरा तयारीको, मैले आफ्नो तर्फबाट अग्रज, समकक्षी र अनुज सबै कलाकार साथीहरुलाई भेटेर फोन गरेर आफ्ना एजेन्डाहरु बताउँदै आएकी छु। सम्भव भएसम्म भेट्ने, सम्भव नभए फोन, मेसेज गर्ने गरेकी छु। विभिन्न माद्यमबाट सबै मतदाता मित्रहरूकोमा पुग्ने कोसिस जारी छ।