Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

लडाकु विमानले ‘ब्ल्याक सी’ मा रुसी खसाल्योअमेरिकी ड्रोन


सारांश

लडाकु विमानले ‘ब्ल्याक सी’ मा रुसी खसाल्योअमेरिकी ड्रोन
images

 

एजेन्सी। क्रिमिया नजिकै ब्ल्याक सी (काल सागर)मा रुसी लडाकु विमानले अमेरिकी ड्रोन खसालेको बताएको छ । मस्कोले युक्रेनमा आक्रमण गरेयता तनावपूर्ण सम्बन्ध रहेका दुई ‘सुपरपावर’हरुबीच यो पहिलोपटक प्रत्यक्ष सैन्य टकरावको स्थिति सिर्जना भएको हो ।

मंगलबार काल सागरमा करिब ३० लाख अमेरिकी डलर पर्ने निगरानी उपकरणहरू जडित अमेरिकी जासुसी ड्रोन एमक्यु–९ रीपर ड्रोन र दुई वटा रुसी एसयु–२७ लडाकु विमानबीचको यो घटनालाई लिएर वासिंटन र मस्को दुवैतर्फका अधिकारीहरूले फरकफरक टिप्पणी गरेका छन् ।

रुसी लडाकु विमानमा पनि क्षति पुगेको बताइएको छ तथापि, उक्त विमानले अवतरण गरेको थियो । यो रुसी पक्षले चाहेरै गरेको थियो या दुर्घटना थियो भन्ने स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij