सारांश
एजेन्सी। बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ ।
सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो ।
बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षालाई कडा बनाएको छ । साथै, बिश्नोई र उनका सहयोगी गोल्डी ब्रारलाई पक्राउ गर्दै घटनाबारे अनुसन्धान थालेको छ ।