सारांश
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै बलिवुड अभिनेत्री मनिषा कोइराला घरदैलोमा पुगेकी छन्।
पछिल्लो समय राप्रपाका आमसभाहरूमा सम्बोधन गर्ने गरेकी मनिषा मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा उम्मेदवार मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्।
मनिषा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी हुन्।