सारांश
काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको छ ।
छायांकन सेटबाट अभिनेत्री स्वस्तिमा खड्काको ‘एक्सक्लुसिभ’ पात्र लुक्स सार्वजनिक भएको छ, जहाँ उनलाई दुर्गा भवानीको रुपधारण गरेको देख्न सकिन्छ । देवी दुर्गाको अवतारमा प्रस्तुत भएकी उनीसँग पशुपति परिसरमा आशिर्वाद लिन र फोटो खिच्न चाहनेको घुइँचो छ ।
खगेन्द्र लामिछानेको पटकथा लेखन र निर्माणमा बनिरहेको यो चलचित्र पशुपतिप्रसाद मात्र नभएर भष्मे डनको पात्रमाथि आधारित छ । निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् । चलचित्रलाई आगामी दशैंमा रिलिज गर्ने तयारीका साथ काम भइरहेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । चलचित्रको निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् ।