Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

'परदेशी २' दसैँमा रिलिज हुने


सारांश

'परदेशी २' दसैँमा रिलिज हुने
images

काठमाडौं । नारायण रायमाझीले निर्देशन गरेको फिल्म 'परदेशी २' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले एक भिडिओ सार्वजनिक गर्दै फिल्म आगामी दसैँमा प्रदर्शन हुने घोषणा गरेका हुन्। 

यस अगाडि गत फागुन ५ गते आउने भनिएको फिल्म यो मितिमा प्रदर्शन हुन सकेन । फिल्मको प्राविधिक नसकिएको जनाउँदै निर्माण युनिटले रिलिज सारेको थियो । फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ । प्राविधिक कार्य पनि राम्रोसँग सकाउने उदेश्यले फिल्म कात्तिकमा पुर्याइएको निर्देशक रायमाझीले बताए ।

‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij