एजेन्सी । संसद्को सदस्यता खारेज भएपछि राहुल गान्धी पहिलो पटक बुधवार दिउँसो संसद् भवनमा पुगेका छन् । राहुल गान्धीको संसद् सदस्यता केही दिनअघि खारेज भएको थियो ।
सूरतको एक अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएपछि सदस्यता खारेज गरेको थियो । मोदी उपनामको बयानका लागि राहुल गान्धी विरुद्ध आपराधिक मानहानिको मुद्दा दर्ता गरिएको थियो ।
यस मामिलामा अदालतले आफ्नो फैसला सुनाउँदै राहुल गान्धीलाई दोषी ठहर गरेको थियो ।