Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

प्रचण्डले सरकारको १०० दिन


सारांश

प्रचण्डले सरकारको १०० दिन
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले १०० दिन गरेको कार्य उपलब्धि सार्वजनिक गरेका छन् ।

सरकारले १०० दिनमा आफ्नो उपलब्धि ३७ बुँदामा समेटेको छ ।  सरकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको दाबी गरेको छ । 

अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल लिइएको छ। विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको उल्लेख छ ।

सरकार सबैसँग सल्लाह, छलफल र सहकार्य गर्दै तथा सबैको पृष्ठपोषण लिँदै मुलूकलाई शान्ति, प्रगति, स्थिरता र अग्रगमनको बाटोमा अघि बढाउन प्रतिबद्धता जनाएको छ। जनताका आशा, अपेक्षा र विश्वासलाई यथाशीघ्र मूर्त रूप दिन सरकार क्रियाशील रहेको भन्दै सबै राजनैतिक नेतृत्व तथा सार्वजनिक प्रशासकहरूमा विकासमैत्री, सेवाग्राहीमैत्री र लगानीमैत्री मानसिकता विकास गर्न आवश्यक देखिएको उल्लेख गरेका छन् ।

प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार  सम्हालेका थिए ।  प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ । 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij