Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

महासंघको ‘वेटिङ प्रेसिडेन्ट’ मा त्रिपक्षीय भिडन्त, पदाधिकारीमा १२ जनाको उम्मेदवारी


सारांश

महासंघको ‘वेटिङ प्रेसिडेन्ट’ मा त्रिपक्षीय भिडन्त, पदाधिकारीमा १२ जनाको उम्मेदवारी
images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते हुने चुनावका लागि पदाधिकारीमा १२ जनाले उम्मेदवारी घोषणा गरेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी अध्यक्ष बन्छन्। त्यसैले हाल वरिष्ठ उपाध्यक्ष रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल स्वतः महासंघको न‍ेतृत्वमा हुनेछन्।

वरिष्ठ उपाध्यक्षमा भने त्रिपक्षीय भिडन्त हुने स्पस्ट भएको छ। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई छन्। यी तीनै आकांक्षीहरूले छुट्टाछुट्टै प्यानल बनाएका छन्।

वरिष्ठ उपाध्यक्ष चुनिन कुल मतको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । यदि वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले पहिलो चरणमा खसेको कुल मतको ५० प्रतिशत कटाउन नसके पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ। महासंघको निर्वाचनमा जिल्लानगरको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रिय समेत) को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij