सारांश
एजेन्सी। सिइओ एलन मस्कले ट्वीटरको लोगो फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको चित्र ल्याइएको छ ।
मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ ।
साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ । ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् ।
गत फेब्रुअरीमा मस्कले सोही कुकुरको एउटा फोटो ट्वीट गरेका थिए । त्यसको क्याप्सनमा मस्कले ट्वीटरको नयाँ सिइओ गज्जबको रहेको उल्लेख गरेका थिए । मस्कले ट्वीटरको लोगो परिवर्तन गरेसँगै अर्को एउटा ट्वीट पनि गरेका छन् । जसमा उनले लेखेका छन्– बाचा अनुसार ।