सारांश
काठमाडौं । अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरि लिपि देखिने छ । मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्दै इम्बोस्ड नम्बर प्लेटमा अग्रेजी वा देवनागरि अंक/अक्षर वा दुवै लेख्न सकिने व्यवस्था गरेको छ ।
अहिलेसम्म इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी र अंक मात्रै लेख्न सकिने व्यवस्था थियो । नयाँ व्यवस्था गरेरै प्लेटमा देवनागरि लिपीमा लेख्न लागिएको हो । अब प्रदेशको नाम प्लेटमा इम्बोस्ड नगरी (अक्षर नउठाई) लेखिनेछ ।
‘यसका लागि धेरै चरणमा ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीसँग छलफल भएको छ र स्टिकरमा प्रदेशको नाम राखेर प्लेट बनाउन सकिने निष्कर्षमा पुगेका छौं,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने,‘पूर्वयोजनाअनुसार भए अब कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम भने प्लेटमा नेपालमा लेखिनेछ । तर, अब प्लेटमा प्रदेशका नामबाहेक अरु अंग्रेजीमै हुने छन् ।’