Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो छ अल्लु अर्जुन अभिनित 'पुष्पा २' को ट्रेलर


सारांश

यस्तो छ अल्लु अर्जुन अभिनित 'पुष्पा २' को ट्रेलर
images

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा: द रूल' को इन्ट्रो ट्रेलर सार्वजनिक भएको छ। अल्लु अर्जुनको जन्मदिन अप्रिल ८ मा अघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 

सार्वजनिक ट्रेलरमा पुष्पा तिरूपति जेलबाट फरार भएदेखि आफ्नो रूल चलाउन फर्किएको प्रसंगलाई समेटिएको छ। ‘पुष्पाः द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। ३ मिनेट १४ सेकेन्ड लामो ट्रेलरले दर्शकमाझ अझै कौतूहलता बढाउने देखिन्छ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।  ‘पुष्पाः द राइज’ १७ डिसेम्बरमा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुको साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij