Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अर्थ मन्त्रालयले माग्यो बजेट निर्माणका लागि सुझाव


सारांश

अर्थ मन्त्रालयले माग्यो बजेट निर्माणका लागि सुझाव
images

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयले सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै आगामी वैशाख १५ सम्ममा आवश्यक सुझाव पठाउन विभिन्न संघ, संस्था, बुद्धिजीवि, विज्ञ, राजनैतिक दल, व्यवसायी, पेशाकर्मी, कर्मचारी संचारजगत तथा आम नागरिकतामा अनुरोध गरेको हो ।

सरोकारवाला निकायले मन्त्रालयको वेबसाइटमा रहेको बजेट सज्जेशन ट्याबमार्फत तथा इमेलबाट समेत सुझाव पठाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij