Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘प्रसाद २’ को प्रदर्शनको बाटो खुल्यो


सारांश

‘प्रसाद २’ को प्रदर्शनको बाटो खुल्यो
images

काठमाडौं । चलचित्र प्रसाद–२ प्रदर्शन गर्न बाटो खुलेको छ ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल चलचित्र रिलिज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उक्त आदेश सोमबार न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले खारेज गरेको छ ।

चलचित्र प्रसाद–२ तत्काल रिलिज नगर्न उच्च अदालत पाटनको न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अन्तरिम आदेश जारी गरेको छ । साथै, इजलासलबाट विपक्षी बनाइएका चलचित्र बोर्डसहित नौ प्रतिवादीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

चलचित्रका निर्माता केशव पाण्डेले निर्माताहरुबीचको विवाद समाधान नहुँदै चलचित्र रिलिज रोक्न माग गर्दै उनले निषेधाज्ञाको रिट दायर गरेका थिए । सोमबार इजलासले प्रसाद –२ फिल्म निर्माण गर्ने इजाजत केशव पाण्डेले प्राप्त नगरेको तथा सुलभ थापा प्रोडक्सन प्रा.लि.ले इजाजत प्राप्त गरेको भन्दै पहिले भएको अल्पकालीनअन्तरिम आदेश खारेज गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको चलचित्र विकास बोर्डका अधिवक्ता ताराकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij