Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मुस्ताङका तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’


सारांश

मुस्ताङका तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’
images

मुस्ताङ । मुस्ताङको प्रदेश सभा (ख) मा पनि नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।

दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरे ।

योसँगै मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।मुस्ताङको प्रतिनिधिसभातर्फ कांग्रेसकै योगेश गौचन विजयी बनेका छन् भने प्रदेशतर्फको ‘क’मा कांग्रेसकै नम्डु गुरुङले जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij