Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रकाश सपुतको "सकम्बरी" युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा


सारांश

प्रकाश सपुतको "सकम्बरी"  युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा
images

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ २४ घण्टा नबित्दै युटयुवको ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

नयाँ वर्षको पूर्व सन्ध्या पारेर डिशहोम गो एपबाट सार्वजनिक गरिएको यो गीतमा सपूतको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतमा गायक सपूतलाई सारंगी बाधक बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती ‘फूलमाया’ ‘सकम्बरी’को कथा समेटिएको छ । गीतको भिडियो निर्देशन गायक सपूतले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्यसमेत देखाइएको छ ।

भिडियोमा कुसुम शर्मा, सुनिल थापा, हेमन्त कान्छा रसाइली, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारीलगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij