Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

धरहरा : निर्माण मिति अनिश्चित


सारांश

धरहरा : निर्माण  मिति अनिश्चित
images

काठमाडौं । ११ वैशाख, २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेको २ वर्ष पुरा भएको छ । तर, धरहरा टावर निर्माणकै काम सकिएको छैन ।

रमण कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक रमेश पौडेल टावरतर्फको ९८ प्रतिशत काम सकिएको बताउँछन् । गत पुसमा नै यो परियोजनाको निर्माणको थपिएको म्याद सकिएको थियो । ठेकदार कम्पनी रमण कन्स्ट्रक्सनले एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका पुनर्निर्माण इकाइका अनुसार कम्पनीले आगामी असारसम्म म्याद पाउँदैछ । तर, असारसम्म काम सकिने निश्चित भने छैन । अहिले काम सुस्त गतिमा भइरहेको छ । ठेकदारले आर्थिक मन्दी लगायतका कारण देखाएर गति नबढाएको विभागको भनाइ छ ।

काम नसकिंदै हतार–हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्‍याङ नै बनिसकेको थिएन । अहिले पनि प्रविधि जडानसम्बन्धी काम चलिरहेको छ । संग्रहालय निर्माणको काम अझै बाँकी छ । धरहरा सर्वसाधारणलाई चढ्नका लागि कहिले खुला गर्ने भन्ने तय भएको छैन । कहिलेसम्म धरहरा निर्माणको सबै काम सकिन्छ भन्ने पनि यकिन छैन ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij