सारांश
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २६.५ प्रतिशत हो।
दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेसको ८ लाख १२ हजार ८ सय ७५ मत छ। यो कुल मतको २५.३ प्रतिशत हो।
झन्डै ७० लाख मत गन्न बाँकी छ । समानुपातिक सिट बाँडफाँटका लागि ३ प्रतिशत थ्रेसहोल्ड छ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।