सारांश
काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ ल्याएर विजयी भए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । नेकपा एमाले रामप्रसाद न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् ।
यसैगरी, तनहुँ–१ मा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । विजयी वाग्ले भन्दा एमालेका सर्वेन्द्र खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।
बारा–२ मा विजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपविजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए । विजयी यादव भन्दा एमालेका पुरुषोत्तम पौडेल पौडेल १८ हजार १९९ मतले पछि परे ।