Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

हुनेवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्की


सारांश

हुनेवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्की
images

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ। संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको  हो ।  

संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।  तर संसदीय सुनुवाई विशेष समिति भने अहिलेसम्म बनेको छैन। 

कार्की अहिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश छन्। उनी आउने साउन २० गते उमेरहदका कारण अवकाश पाउने छन्। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकाश पाउने व्यवस्था छ। 

तीस वर्ष वकालत पेशामा रहेका कार्की २०७२ सालमा महान्यायाधिवक्ता भएका थिए। त्यसअघि उनी नेपाल बार एसोसिएसनको अध्यक्ष थिए। २०७३ साल साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा उनी नियुक्त भएका थिए। गएको असोजदेखि उनी कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij