सारांश
काठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ । आइतबार सोल्टी होटलमा आयोजित उत्कृष्ट पाँच मनोनयन घोषणा समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरे ।
‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् । ‘फूलबारी’ ९ विधामा मनोनित छ ।
समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलिने अवसर पाएको बताउँदै धर्मनिरपेक्षता, संघीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवद्र्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिएको चर्चा गरे ।
अघिल्ला पाँच संस्करण विदेशी भूमिमा गरेको नेफ्टाले यो संस्करण चाहिं आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ । फेम नेपाल, यूएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् ।