Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देश हामी चलाउँछौँ : गगन थापा


सारांश

देश हामी चलाउँछौँ : गगन थापा
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधामन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताए । कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाइ छ । 

मंगलबार संसदीय दलको नेता बन्ने विषयमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । 

महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रस्तावक राखेर अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने परिस्थिति सिर्जना गर्नुपर्ने बताएका छन्। 

थापाको निवास पुगेर शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावकको रूपमा देउवाको नाम लेख्न सक्ने परिस्थिति बनाउनु आफ्नो जिम्मेवारी भएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij