सारांश
काठमाडौं । निश्चल बस्नेतको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा चलचित्रको मुहूर्त गर्दै काभ्रेबाट छायांकन सुरु गरेको हो ।
आकाश बरालको पटकथा लेखन रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिकामा छन् ।
चलचित्र रिलिज मिति आगामी कात्तिक २४ बताइएको छ ।