सारांश
काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना थाल्न निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’
नेकपा एमालेले स्याङ्जा २ मा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको थिएन ।