Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

 बजेट : हाइलाइट 


सारांश

 बजेट : हाइलाइट 
images

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ।

यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।

 बजेट हाइलाइट 

१. एघार खर्ब ७९ राजस्व उठ्ने, आन्तरिक ऋण पूरै उठाइने

२. बीस वटा संस्थान तथा स्रोत नभएका आयोजना खारेज

३. एक सय रूपैयाँमै कम्पनी खोल्न पाइने/ स्टार्टअप प्रवर्द्धनका लागि एक अर्ब २५ करोड विनियोजन 

४. समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सशर्त अनुदान दुई खर्ब २७ अर्ब

५. आर्थिक वृद्धि ६ प्रतिशत हुने, मूल्य वृद्धि ६.५ मा सीमित राखिने  

६. गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

७. पच्चीस लाख रूपैयाँसम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै 

८. वातावरणलाई असर नपर्ने गरी ढुंगा र गिट्टी निर्यात गरिने

९. निर्यात गर्ने सूचना प्रविधि क्षेत्रले आम्दानीको १० प्रतिशतसम्म सटहीको सुविधा पाउने 

१०. घटाइयो प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट, पाँच अर्ब ९४ करोड विनियोजन

११. सामाजिक सुरक्षा कोषको रकम पूर्वाधार क्षेत्रमा लगानी गरिने

१२. आठ विमानस्थल स्तरोन्नति गरिने

१३. लगानी मोडालिटी तय गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने

१४. वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टर बनाइने

१५. पूर्वपश्चिम राजमार्ग निर्माणका लागि ३१ अर्ब दुई करोड

१६. कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

१७. 'उत्पादन साथमा, अनुदान हातमा' कार्यक्रम घोषणा

१८. कोखदेखि शोकसम्म सामाजिक सुरक्षा, भत्ता सोझै बैंक खातामा जाने

१९. साना करदातालाई सुविधा, चार-चार महिनामा कर र सोको विवरण पेस गरे हुने

२०. नागरिक लगानी कोषमा आवद्ध सबै स्वरोजगारलाई पेन्सन 

२१. गैरसंवैधानिक काममा सांसदलाई लगाउन सांसद विकास कोष

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij