सारांश
काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज हलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो ।
दुई मिनेट ५० सेकेण्ड लामो ट्रेलरले कथानक घुम्तीलाई दर्शाएको छ । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिकामा छन् । पोस्ट–प्रोडक्सनका मुम्बईको स्टुडियोमा गरिएको हो ।
असार १५ गते रिलिज हुने चलचित्र शर्मिला पाण्डेको निर्माण हो । ‘परस्त्री’ भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दीमा डब भएको सिनेमाको हिन्दी भाषाको गीत पनि रिलिज गरिसकेको छ ।