सारांश
काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म काठमाडौं महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएको छ ।
मेयर बालेन शाहले तीन दिनभित्र फिल्ममा भएको शब्दावली सच्याउन भनेको छ । नेपालमा मात्र नभएर भारतमासमेत सच्चिनुपर्ने उनको तर्क छ ।