सारांश
काठमाडौं । नायक सारुक ताम्राकार मृत भेटिएका छन् ।
काठमाडौं रातोपुलस्थित घरमा उनी मृत भेटिएका हुन् । बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले भर्याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेको बताए ।
३१ वर्षे सारुकले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका छन् । सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् ।